दफा ८७
आदेशको अवज्ञा गर्न नहुने

(१) कसैले अधिकारप्राप्त अधिकारीको कानून बमोजिमको आदेश अनुसार कानून बमोजिम गर्नु पर्ने काम नगरी वा गर्न नहुनेकाम गरी त्यस्तो आदेशको अवज्ञा गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।